“यत्र
नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता” !
अर्थात जहाँ नारीको पूजा
हुन्छ त्यँहा देवता
पनि खुशि हुन्छन् भन्ने
शास्त्रीय ज्ञानको सम्मान को कुरो
आज एक्काईसौं शताब्दीमा आफुलाई
प्रगतिशील भनाउँदा समाजले किताबमा मात्र
सिमीत राख्नु व्यवहारमा नउतार्न सक्नुलाई दूर्भाग्यपूर्ण बाहेक
के नै भन्न
सकिन्छ र ? देश
र समाज यहाँ
सम्म आई पुग्दा
थुप्रै युगान्तकारी परिवर्तन हरु
भए, तर परिवर्तन भएन
पुरुष प्रधान समाज
को मानसिकता, परिवर्तन भएन
पितृसत्तात्मक
सोच परिणाम स्वरुप
गाँउमा मात्र हैन
शहरी क्षेत्रमा बस्ने
महिला हरुको जीवन
मा न्यून परिवर्तन मात्र
आयो जब सम्म
सामाजिक सुरक्षा, आय आर्जन का
अवसर, राजनैतिक अवसरमा
महिला हरुको समान
सहभागिता हुँदैन तब सम्म
लैँगिक अनुपात नेपालमा चिन्ताजनक नहुनु
ले सन्तोषप्रद वातावरण बनाउँदैन वर्तमान स्थिती-
देश भरी नै
बढ़दै गई रहेको
महिला बिरुद्ध हिँसा
बढ़दै गई रहेको
अवस्था छ, चाहे
तो दाईजो उत्पीड़न को
रुपमा होस, बलात्कार का
घटना हरु हुन,
देह व्यापार गर्न
बाध्य हुने-गराईने
बाध्यता हरु हुनचेली-बेटी
बेच बिखन का
घटनाहरु हुनअथवा हालसालै घटेको तेजाब छ्याप्ने (एसीड
एटैक) का घटना
हरु हुन वा
सार्वजनिक यातायात मा हुने गरेका
असम्मानजनक घटना हरु हुन
सबैले पुरुष वर्ग
मा घटदै गएको
नैतिक स्तर लाई
छर्लङ्ग पारेको छ यस
तीतो सत्यलाई कसैले
नकार्न सक्ने अवस्था
छैन कि आज
महिला हरु जहाँ
एकातिर आफ्नो योग्यता, पराक्रम र
उद्यमशीलताले विश्वभरी नै नयाँ नयाँ
किर्तीमान बनाई रहेकी छीन
त्यहीँ बहुसँख्यक महिलाहरु शोषण,
अत्याचार र हिँसा का
शिकार भई रहेका
छन महिला हरु
कौतुहलता को विषय बनेका
छन, उनी हरुको
कुशलता, प्रखरता,दक्षता,
योग्यता माथीउनी हरुको रँग-रुप,यौवन,शारीरीक बनावट
लाई अधिकाँश पुरुषले उपभोग्य बस्तुको रुपमा
लिई रहेका हुन्छन
र यसै कुत्सित मानसिकताले बिभीन्न खाले
महिला जन्य अपराध
लाई जन्म दिने
गर्छ दोहोरो मारमा
महिला- एकातिर महिलाहरु जहाँ
शिक्षा, स्वास्थ्य, बेरोजगारी आदि
जस्ता समस्याहरु सित
लड़ी रहेकी छीन
भने अर्कोतिर समाजमा
उनी हरुलाई त्यो
स्थान प्राप्त छैन
जसको उनी हरु
हकदार छन जब
सम्म महिला हरुलाई
महत्व दिईन्न, उनी
हरु प्रति पुरुष
मानसिकतामा परिवर्तन आउँदैन तब सम्म
महिला हरु सित
यस्ता अन्यायपूर्ण-दूर्भाग्यपूर्ण घटनाहरु घटी
रहनेछन जसको सभ्य
समाजमा कुनै स्थान
हुनु हुँदैन महिला
हरु सित हुने-गरीने यौन हिँसा
होस वा घरेलु
हिँसा ईनी हरुलाई
मानवाधिाकार का मामिला सम्झीनु पर्छ
यस्ता घटना हरुले
महिला हरुलाईशारिरिक मात्र
हैन मानसिक प्रताड़ना दिई
रहेको हुन्छ घर,
बाहिर, कार्यालय अथवा
कहीँ घटने यस्ता
घटनाले - व्यवहार ले
उनीहरुको पुरै व्यक्तित्वलाई, मनोदशालाई प्रभावित मात्र
हैन नराम्ररी बिथोली
दिएको हुन्छ बिडंबना नै
मान्नु पर्छ प्रजातँत्र को
वकालत गर्ने देश
मा सँवैधानिक अधिकार
प्राप्त नागिरक भए तापनि
महिला हरु अझै
परतँत्र नै छन कानून
देशमा कानून नभएको
हैन, समस्या कानून
को पालना मा
छ, न्याय प्रणाली मा
छ महिला बिरुद्ध हुने
यौनजन्य हिँसा हरुको छानबिन
को निम्ति जहाँ
एकातिर प्रहरी कार्यालय हरुमा
महिला प्रहरी अधिकृत
हरुले नै सोधपुछ
गर्ने निर्देशन सम्मानिय अदालत
बाटै निर्णय हुनु
पर्छ भने अर्को
तिर यस्ता घटना
हरु घटी सके
पछी 'मिलाउने' निंहु
मा समाजका अगुआ,
राजनैतिक दलका प्रतिनीधी हरु
द्वारा पिड़ित का
परिवार लाई दिईने
दवाव को अन्त्य
हुनु पर्छ समाजको
एक वर्गले नैतिक
शिक्षा को कुरो
गर्छ, हो जुन
प्रकारले आमाले छोरी हरुलाई
'राम्रो-नराम्रो' कुरो
को ज्ञान दिई
रहेकी हुन्छन त्यसै
गरी हरेक बुवाले
आफ्नो छोरालाई सँस्कार का
कुरा हरु, मर्यादा का
कुरा हरु सिकाउनु जरुरी
छ यसले समाज
मा दूरगामी असर
पर्छ तर जहाँ
सम्म महिला अस्मिता माथि
हिँसा का घटना
हरु छन त्यहाँ
कठोर सजायको व्यवस्था हुनै
पर्छ र यस्ता
घटना हरुलाई सक्दो
चाँडों समयमा टुँगो
लगाई न्याय सँपादीत गर्ने
जिम्मेबारी सरकारले लिनै पर्ने हुन्छ
सजाय पनि यस्तो
कि भविष्यमा यस्ता
घटना घटाउन खोज्ने
ले पनि सयौँ
पटक सोच्न बाध्य
होसअफसोस को कुरो के
छ भने, जति
कानून महिला सुरक्षाबारे बन्ने
गर्छन, महिला बिरुद्ध को
हिँसामा कमी आउनु को
साटो बढ़ी नै
रहेका छन यसो
हुनु को मुख्यकारण के
छ भने न्याय
सँपादन मा कार्यरत बिभाग
हरु मध्ये कुनै
एक पनि फितलो
भई दिए, अपराधी
छुट्ने गर्छन अरु
घृणित मानसिकता बोकेका
हरुको मनोबल बढने
गर्छ...यस प्रणाली मा
एकजुटता हुनु आवश्यक छ
र एउटा यस्तो
निकाय को आवश्यकता छ
महिला तथा समाजल्याण मँत्रालय अन्तर्गत जहाँ
पिड़ित ले न्याय
प्रकृया मा असहयोग भई
रहेको ठाने, उजुर
गर्न सकियोस र
उक्त बिभागले यस्ता
उजुरीलाई गम्भीरता साथ हेरोस, उचित
कारवाहि गरोस महिला र
मीडीया- आज कुनै
पनि मुद्दा उठान
गर्न, त्यस मुद्दा
बारे समाजलाई जागरुक
बनाउन र जनमत
तयार गर्नमा मीडीया
को ठुलो भूमिका
हुन्छ तर, मीडीयाले समेत
महिला हरु सित
विभेद गरी रहेको
अवस्था छ महिला
सम्बन्धीत घटना हरु प्रीन्ट मीडीया
होस,ईलेक्ट्रोनिक वा
सोसल मीडीया..सबैमा
मात्र समाचार बनेर
मात्र थन्किने गर्छन
भारतमा भने केही
मामिलामा रेगुलर फोलोअप भएको
पाईयो जसको नेपालमा सर्वथा
अभाव छ महिला
सम्बन्धित गम्भीर प्रवृति का
मामिला हरुले मीडीयामा स्थान
नपाउनु र राजनीति सित
सम्बन्धित झीना मसिना कुराले
पनि प्रमुखता पाउनु
मा 'जसको भेँटी-उसको पूजा' भन्ने
मानसिकता बाट मीडीया ग्रसित
देखीन्छ
जबकि दोषी हरु
पक्राउ नपरुन्जेल प्रशासन माथि
लगातार दवाव बनाई
रहने कर्तव्य मीडीया
को हो जसबाट
उनी हरु प्रायः
पन्छीने गर्छन समाधान तिर-
हामी प्रजातँत्र का
पक्षधर हरु बिभेद
का कुरा गर्छौँ,
समानता को कुरा
गर्छौँ, मानवअधिकार का
कुरा गर्छौँ तर
आत्मा लाई साक्षी
राखेर आफैलाई सोध्ने
बेला आएन कि
हामी ई सबै
कुरा महिलालाई सहर्ष
दिन पनि चाहन्छौँ ? के
महिला हरु मानव
हैनन ? उनी हरुलाई
कानून ले, सँविधान ले
दिएको आत्म सम्मान
साथ, निर्भय भएर
बाँच्ने अधिकार सम्म छैन
? छ, भने किन
छन त' शहर
देखी गाँ सम्मका
महिला हरु असुरक्षित ? मात्र
सेमीनार, गोष्ठी मा ठुला
ठुला कुरा गरेर
महिला हरुको यथास्थिति सुध्रीने बाला
छैन महिला हरुको
स्थिती सुधार्नु छ
भने निम्न उपाय
अवलम्बन गरीनु पर्छ - कानून
ले आफ्नो काम
ईमान्दारी साथ गर्नु पर्छ
-समाज अगाड़ी आउनु
पर्छ, समाज ले
नारी सम्मान लाई
आफ्नो सम्मान सम्झीनु पर्छ,
अहिले कहीँ बाटो-यातायात-सार्वजनिक ठाउँमा भीडभाड भएको
ईलाका मा समेत
महिला बिरुद्ध अशोभनिय हर्कत
हुँदा भीड़ रमिते
बनेर हेर्ने गर्छ
यस मानसिकता लाई
बदलिनु पर्छ -खास
गरी किशोरावस्था का
छोरा हरुलाई हरेक
परिवारले नैतिकता को पाठ गम्भीरतापूर्वक पढाउनु
पर्छ, भोली कसैले
तिम्रो दीदी-बहीनी
सित अशोभनिय व्यवहार गरे
तिमीहरुलाई कस्तो लाग्ला ? यो
कुरो अभिभावकले आफ्ना
बढदो उमेर को
छोरालाई सम्झाउन जरुरी छ -महिला
मैत्री सार्वजनिक यातायातका साधन
हरु क्रमशः हरेक
शहरमा हुनु जरुरी
छ -हरेक प्रहरी
कार्यालयमा महिला प्रहरीले नै
महिला हिँसा सम्बन्धी मामिलामा पिड़ित
महिलाको बयान लिने व्यवस्था हुनु
पर्छब -महिला हिँसा
कम गर्न को
निम्ति महिला हरुले
आय आर्जन को
योग्यता-शिप अनुसार को
अवसर पाउनु पर्छ
-शिक्षा को समान
अवसर परिवारले दिनु
पर्छ - महिला अधिकारकर्मी हरु
ले आफ्नो कार्यक्षेत्र मात्र
काठमान्डौ मा सिमित राख्न
हुन्न सहित का
अन्य उपाय हरु
अवलम्बन गर्नाले महिला हिँसा मा
कमी आउने तथा
महिला हरु आत्म
सम्मान का साथ
बाँच्न पाउने वातावरण बन्न
सक्ने सम्भावना बढेर
जान्छ मानव जीवनलाई सफलता
साथ व्यतित गर्न
नारी र पुरुष
दूबै को समान
योगदान हुन्छ भन्नेमा दूई
मत नभएको सत्यलाई समाज
ले हार्दिकता साथ
स्विकार गरी बर्षमा एक
दिन मात्र 'नारी
दिवस' मानउने र
जिम्मेबारी पूर्ण गरेको भावना
लाई त्यागेर सहअस्तित्व को
भावनालाई उच्च प्राथमिकता दिई
हरेक दिन नै
महिला हरुको निम्ति
'नारी दिवस' सरह
होस...यस्तो वातावरण बनाउने
जिम्मा अरु कसैको
होईन..ईनै महिला
ले ९ महिना
गर्भ मा बोकेको,
अनेकन दुख कष्ट
सहेर हुर्काएको छोरा
हरुको हो...सबै
पुरष वर्गले बुझ्न
अत्यावश्यक छ
~ संजिता कर्ण
