Thursday, October 29, 2015

माँ-बेटी और राजकुमार कि एक छोटी सी कहानी !!


पिता बेटी के सर पर हाथ रख कर बोले : मैं तेरे लिए ऐसा पति खोज कर लाऊंगा जो तुझे बहुत प्यार करे, तेरी भावनाओं का सम्मान करे, तेरे दुख सुख को समझ सके, तेरी आँखो में आँसू न आने दे, तेरी हर छोटी छोटी ख्वाइशों को पूरा कर सके।
बेटी ने पूछा : क्यूँ पापा?
पिता बोले : बेटा ! हर बाप का सपना होता है की उसकी बेटी को राजकुमार जैसा पति मिले जो उसे बहुत प्यार दे और उसे हमेशा सुखी रखे।
बेटी : तो पापा ! नाना जी ने भी आपको मम्मी का हाथ यही सोचकर दिया होगा न की आप भी राजकुमार हो। फिर आप मम्मी को हमेशा क्यो रुलाते हो? कहीँ बाहर भी नही ले जाते ,प्यार भी नही करते और हमेशा चिल्लाते रहते हो...!
तो क्या आप अच्छे वाले राजकुमार नही निकले?

                    ये सुन पिता को एहसास हुआ की मुझे भी किसी ने राजकुमार समझ कर अपने कलेजे का टुकड़ा दिया और मैं खुद तो राजकुमार बना रहा पर अपनी पत्नी को कभी राजकुमारी नही समझा।
                  आज खुद बाप बंनने के बाद एह्सास हुआ की अपने दिल के टुकड़े को सही हाथ मे नही सौपा तो उसके दिल के टुकड़े हो जायेगे जो कोई भी बाप नही सहेगा।

इसलिए जैसा आप अपनी बेटी के लिए सोचते है वैसा ही अपनी पत्नी के लिए सोचिये।आखिर वो भी किसी की बेटी है, किसी का आँख का तारा है। उसे दुख होगा तो उसके पिता को भी दुख होगा।
कृपया अपनी घर की औरतों को इज़्ज़त और प्यार दिजिए वो भी किसी की बेटी है।
        ~  संजिता कर्ण

Monday, May 18, 2015

Say, "No Thank you to Donors" . Be Supportive & Help yourself (Earth Quake Nepal 2015/04/25 - 015/05/12-......)


 "सन् २००६ मा  "Say, No Thank You to Donors " भन्ने लेख को सेरोफेरो |"
 "सकिन्छ भने शिप सिकाउने ठुल ठुला तालीम केन्द्र देश को विभिन्न भाग मा खोल्न अनि सिक्ने प्रबिधी हस्तान्तरण मा सहयोग गर्ने. "





मैले एस कारण दाता को सहयोग गैर सरकारी संस्था भन्दा सरकार मै जानु पर्छ भनेको:
१) गै.स.स को काम पारदर्शी त होला तर खर्चिलो हुन्छ. बिदेशी विज्ञ अनि स्थानिय कर्मचारी को तलब/भत्ता, ठुल ठुला गाडी, विदेश भ्रमण आदी ले गै. स. स को बजेट को ठुलै भाग ओगटी दिन्छ जुन सिधै जनता मा जान सक्थ्यो. 
२) हामि कति सम्म अनि कहिले सम्म पर निर्भर हुने? स्कुल को छानो टाल्ने देखि, टेन्ट बाध्ने, टोइलेट बनाउने अनि फर्स्ट एड को काम सम्म पनि बिदेशी को सहयोग लिने हो भने हामि सधै अरु माथि डीपेण्डेण्ट हुन्छौ जस्तो लाग्छ र भै पनि राख्या छ. दान मा आको चर्पी मा अन्न भण्डारण गर्ने भकारी अनि गाइबस्तु राख्ने गोठ भाको पनि आफैले देख्या हो.
३) कन्सल्ट्याण्ट हरु को कति भर गर्ने अब ? ५० बर्स त हुन लागि सक्यो हामीले दाता को रकम अनि उनकै परामर्श दाता भित्राएको , कुनै मटेरियल परिवर्तन आएको जस्तो लाग्दैन. तेतीका समय, पैसा अनि स्रोत नेपालि ले नै परिचालन गरेको भए हामि धेरै कुरा मा अरुको मुख ताक्नु पर्थ्यो जस्तो लाग्दैन अनि नत हाम्रा युवा हरु बिदेसिन्थे होला. सहयोग थाप्दा थाप्दा आफै मिहिनेत गर्ने बानि हराईसक्यो. मुख मै आएर कोचाई कोच्चाई ख्वाए पछि बाघ ले किन शिकार गर्ने जमर्को गर्छ ? 
४) सरकारी अनुगमन बिना दाता सिधै जनता मा पुग्दा राज्यको उपस्थीती नै छैन जस्तो हुन्छ अनि दाता ले पनि आफ्नो स्वार्थ अनुरुप काम गर्न थाल्छन. 
५) अफ़िका नै हेरम न - बिगत ५०-६० बर्स मा अफ्रिका मा कति ट्रिलियन डलर ओइरियो. धेरै डलर बिदेशी विज्ञ ले नै पारिश्रमीक को रुप मा फिर्ता लगे, बचेको अफ्रिकी नेता अनि कर्मचारी ले स्वीस बैंक मा जमा गरे. 
६) हाईटि को पनि कुरा आई राख्याछ कसरि बिदेशी सहयोग को दुरुपयोग भयो भनेर. 
७) येस्तै क्राईसिस को बेला मा हामि झन् सजग हुनु पर्छ जस्तो लाग्छ. मौका छोपेर स्वार्थ सिद्द गर्ने हरु दाता को खोल मा NGO/INGO बुई चढेर आउञ्छन. सबै दाता नराम्रो भन्या होइन र सबै राम्रै छ भन्ने पनि छैन. पायो भन्दै मा सबै सहयोग लिनु पर्छ जस्तो चाहिं लाग्दैन. आफ्नो क्षमता बाहिर को मात्र लिंदा राम्रो हुन्छ कि. 
८) सहयोग लिनु पर्छ अनि सहयोगी हात हरु लाई सलाम पनि गर्नु पर्छ - तर आफुले सक्ने काम आफै गर्दा अलि राम्रो हुन्छ कि भनेको मात्र हु.
९) ठुला ठुला आधारभूत आवसक्त्या का परियोजना जस्तै राजमार्ग, हाईड्रो को बिकास, ऐरपोर्ट, टनेल मार्ग आदी हाम्लाई गाह्रो होला - येस्ता परियोजना हरु मा सहयोग/सफ्ट लोन लिंदा रास्ट्र लाई राम्रै हुन्छ.
१०) अहिलॆ दाता ले गर्न सक्ने सहयोग भनेको मेरो बिचार मा:
* नेपालि बस्तु को इम्पोर्ट मा सुन्य भन्सार दर 
* हाम्रा उधमी हरु लाई उन्नत खालको टेक्नोलोजी हस्तान्तरण जसले गर्दा हाम्रो उत्पादन (हस्तकला लगायत) बिस्व बजार मा डीमाण्ड होस्.
* पर्यटन्, उध्योग अनि हाइड्रो मा दुवै पक्ष लाई फाईदा हुने तरिका ले लगानी गर्ने 
* नेपालि कृषक लाई आधुनीक कृषि प्रणाली को ज्ञान दिने र उब्जनी उनको देश मा बिक्री गर्ने सयन्त्र बनाईदिने. 
* आफ्नो देश मा नेपालि बस्तु खरीद/खपत को लागि तेहान्का जनता लाई प्रेरित गर्ने/ नेपालि बस्तु को उचित प्रसार/प्रचार मा सहयोग गर्ने
* दाता रास्ट्र ले नेपाल घुम्न जान को लागि कसरि हुन्छ आफ्नो जनता लाई प्रेरित गर्ने - कर छुट अरु इन्सेंतिब के हुन्छ त्यो दिने 
* आफ्नो देश का ठुला ठुला संस्था, कर्पोरेट हरु लाई कन्फरेन्स/मीटींग (MICE ) नेपाल मा गर्न प्रेरित गर्ने
* सकिन्छ भने शिप सिकाउने ठुल ठुला तालीम केन्द्र देश को विभिन्न भाग मा खोल्न अनि सिक्ने प्रबिधी हस्तान्तरण मा सहयोग गर्ने. 
* हस्तक्षेप भयो भन्लान भनोस बरु सरकार लाई स्थानीय चुनाब गर्न प्रेसर/प्रेरित गर्ने. हाम्ले भन्दा नेता ले मान्दैनन, के गर्ने त्? स्थानिय निकाय हुँदो होत उद्दार, राहत अनि पूर्ण निर्माण को काम कमसेकम अहिले को भन्दा सहज त् हुन्थ्यो कि ?

           ~ संजिता कर्ण 

Monday, May 4, 2015

"आपका मनोबल ही आपको उच्चाई तक पहुँचाती है |"

क्या आपको मालुम है ?
- बारिश के दौरान सारे पक्षी आश्रय की तलाश करते है लेकिन बाज़ बादलों के ऊपर उडकर बारिश को ही avoid कर देते है।
समस्याए कॉमन है, लेकिन आपका एटीट्यूड इसमें फर्क पैदा करता है..!
यकिन मानो आप में ओ बात है जो ऐसी फर्क पैदा करता है...!

"कसैलाई बाच्ने आश तपाइको सानो मदत बाटै सुरु हुन्छ |"

हामीले दिएको २ किलो चामलले कसैको जीवनभरको भोक मेट्दैन,तर उसमा बाँच्ने आशा अनि साहस पलाउँछ। हामीले थप्थपाएको हातले कसैको जीवन ठड़ीदैन तर उस भित्र गुम्नै लागेको आँटलाई फेरी व्यूँताउँछ र उ आफै फेरी बिपरित परिस्थीति बिरुद्ध ठड़ीने अठोट गर्दछ lयतिबेला अर्थोक यदि हामी दिने स्थितिमा छैनौं भने..हाम्रा वरीपरी भएका पीड़ितलाई आफ्नो स्तर ले साहस बाँडौं, आत्मबिश्वास जगाई राख्न मदद गरौँ ..., हाम्रो मायाँ करुणा ले भरीएको व्यवहारले दूखेको र टूटेको मनको घाउमा मलहम लाउने काम गर्छ l
असँख्य दाजु भाई दीदी बहीनी स-साना नानी हरु अहिले पर्खाई मा छन..हाम्रो.त्यस न्यानो मायाँ को, बिश्वास को जसले उनी हरुमा साहस को सँचार गरोस l
जीवन भर उठी रहन,सँघर्ष गर्न प्रेरित गरी रहोस...!
हामी सचेत मानिस हरु कमसेकम सँयमता अपनाई एक अर्का लाई मानविय व्यवहार गरौँ एक अर्का को आँसू पुछ्ने काम गरौँ...नचाँहिदों आगो सल्काउने काम हामी बाट नहोस...यति बुद्धी हामीमा पलाओस !

Saturday, March 28, 2015

महिला को सम्मान र सुरक्षा नै समाज र देश विकास को पहिलो सिढी हो !

यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता” !

            अर्थात  जहाँ नारीको पूजा हुन्छ त्यँहा देवता पनि खुशि हुन्छन् भन्ने शास्त्रीय ज्ञानको सम्मान को कुरो आज एक्काईसौं शताब्दीमा आफुलाई प्रगतिशील भनाउँदा समाजले किताबमा मात्र सिमीत राख्नु व्यवहारमा नउतार्न सक्नुलाई दूर्भाग्यपूर्ण बाहेक के नै भन्न सकिन्छ ? देश समाज यहाँ सम्म आई पुग्दा थुप्रै युगान्तकारी परिवर्तन हरु भए, तर परिवर्तन भएन पुरुष प्रधान समाज को मानसिकता, परिवर्तन भएन पितृसत्तात्मक सोच परिणाम स्वरुप गाँउमा मात्र हैन शहरी क्षेत्रमा बस्ने महिला हरुको जीवन मा न्यून परिवर्तन मात्र आयो जब सम्म सामाजिक सुरक्षा, आय आर्जन का अवसर, राजनैतिक अवसरमा महिला हरुको समान सहभागिता हुँदैन तब सम्म लैँगिक अनुपात नेपालमा चिन्ताजनक नहुनु ले सन्तोषप्रद वातावरण बनाउँदैन वर्तमान स्थिती- देश भरी नै बढ़दै गई रहेको महिला बिरुद्ध हिँसा बढ़दै गई रहेको अवस्था , चाहे तो दाईजो उत्पीड़न को रुपमा होस, बलात्कार का घटना हरु हुन, देह व्यापार गर्न बाध्य हुने-गराईने बाध्यता हरु हुनचेली-बेटी बेच बिखन का घटनाहरु हुनअथवा हालसालै घटेको तेजाब छ्याप्ने (एसीड एटैक) का घटना हरु हुन वा सार्वजनिक यातायात मा हुने गरेका असम्मानजनक घटना हरु हुन सबैले पुरुष वर्ग मा घटदै गएको नैतिक स्तर लाई छर्लङ्ग पारेको यस तीतो सत्यलाई कसैले नकार्न सक्ने अवस्था छैन कि आज महिला हरु जहाँ एकातिर आफ्नो योग्यता, पराक्रम उद्यमशीलताले विश्वभरी नै नयाँ नयाँ किर्तीमान बनाई रहेकी छीन त्यहीँ बहुसँख्यक महिलाहरु शोषण, अत्याचार हिँसा का शिकार भई रहेका छन महिला हरु कौतुहलता को विषय बनेका छन, उनी हरुको कुशलता, प्रखरता,दक्षता, योग्यता माथीउनी हरुको रँग-रुप,यौवन,शारीरीक बनावट लाई अधिकाँश पुरुषले उपभोग्य बस्तुको रुपमा लिई रहेका हुन्छन यसै कुत्सित मानसिकताले बिभीन्न खाले महिला जन्य अपराध लाई जन्म दिने गर्छ दोहोरो मारमा महिला- एकातिर महिलाहरु जहाँ शिक्षा, स्वास्थ्य, बेरोजगारी आदि जस्ता समस्याहरु सित लड़ी रहेकी छीन भने अर्कोतिर समाजमा उनी हरुलाई त्यो स्थान प्राप्त छैन जसको उनी हरु हकदार छन जब सम्म महिला हरुलाई महत्व दिईन्न, उनी हरु प्रति पुरुष मानसिकतामा परिवर्तन आउँदैन तब सम्म महिला हरु सित यस्ता अन्यायपूर्ण-दूर्भाग्यपूर्ण घटनाहरु घटी रहनेछन जसको सभ्य समाजमा कुनै स्थान हुनु हुँदैन महिला हरु सित हुने-गरीने यौन हिँसा होस वा घरेलु हिँसा ईनी हरुलाई मानवाधिाकार का मामिला सम्झीनु पर्छ यस्ता घटना हरुले महिला हरुलाईशारिरिक मात्र हैन मानसिक प्रताड़ना दिई रहेको हुन्छ घर, बाहिर, कार्यालय अथवा कहीँ घटने यस्ता घटनाले - व्यवहार ले उनीहरुको पुरै व्यक्तित्वलाई, मनोदशालाई प्रभावित मात्र हैन नराम्ररी बिथोली दिएको हुन्छ बिडंबना नै मान्नु पर्छ प्रजातँत्र को वकालत गर्ने देश मा सँवैधानिक अधिकार प्राप्त नागिरक भए तापनि महिला हरु अझै परतँत्र नै छन कानून देशमा कानून नभएको हैन, समस्या कानून को पालना मा , न्याय प्रणाली मा महिला बिरुद्ध हुने यौनजन्य हिँसा हरुको छानबिन को निम्ति जहाँ एकातिर प्रहरी कार्यालय हरुमा महिला प्रहरी अधिकृत हरुले नै सोधपुछ गर्ने निर्देशन सम्मानिय अदालत बाटै निर्णय हुनु पर्छ भने अर्को तिर यस्ता घटना हरु घटी सके पछी 'मिलाउने' निंहु मा समाजका अगुआ, राजनैतिक दलका प्रतिनीधी हरु द्वारा पिड़ित का परिवार लाई दिईने दवाव को अन्त्य हुनु पर्छ समाजको एक वर्गले नैतिक शिक्षा को कुरो गर्छ, हो जुन प्रकारले आमाले छोरी हरुलाई 'राम्रो-नराम्रो' कुरो को ज्ञान दिई रहेकी हुन्छन त्यसै गरी हरेक बुवाले आफ्नो छोरालाई सँस्कार का कुरा हरु, मर्यादा का कुरा हरु सिकाउनु जरुरी यसले समाज मा दूरगामी असर पर्छ तर जहाँ सम्म महिला अस्मिता माथि हिँसा का घटना हरु छन त्यहाँ कठोर सजायको व्यवस्था हुनै पर्छ यस्ता घटना हरुलाई सक्दो चाँडों समयमा टुँगो लगाई न्याय सँपादीत गर्ने जिम्मेबारी सरकारले लिनै पर्ने हुन्छ सजाय पनि यस्तो कि भविष्यमा यस्ता घटना घटाउन खोज्ने ले पनि सयौँ पटक सोच्न बाध्य होसअफसोस को कुरो के भने, जति कानून महिला सुरक्षाबारे बन्ने गर्छन, महिला बिरुद्ध को हिँसामा कमी आउनु को साटो बढ़ी नै रहेका छन यसो हुनु को मुख्यकारण के भने न्याय सँपादन मा कार्यरत बिभाग हरु मध्ये कुनै एक पनि फितलो भई दिए, अपराधी छुट्ने गर्छन अरु घृणित मानसिकता बोकेका हरुको मनोबल बढने गर्छ...यस प्रणाली मा एकजुटता हुनु आवश्यक एउटा यस्तो निकाय को आवश्यकता महिला तथा समाजल्याण मँत्रालय अन्तर्गत जहाँ पिड़ित ले न्याय प्रकृया मा असहयोग भई रहेको ठाने, उजुर गर्न सकियोस उक्त बिभागले यस्ता उजुरीलाई गम्भीरता साथ हेरोस, उचित कारवाहि गरोस महिला मीडीया- आज कुनै पनि मुद्दा उठान गर्न, त्यस मुद्दा बारे समाजलाई जागरुक बनाउन जनमत तयार गर्नमा मीडीया को ठुलो भूमिका हुन्छ तर, मीडीयाले समेत महिला हरु सित विभेद गरी रहेको अवस्था महिला सम्बन्धीत घटना हरु प्रीन्ट मीडीया होस,ईलेक्ट्रोनिक वा सोसल मीडीया..सबैमा मात्र समाचार बनेर मात्र थन्किने गर्छन भारतमा भने केही मामिलामा रेगुलर फोलोअप भएको पाईयो जसको नेपालमा सर्वथा अभाव महिला सम्बन्धित गम्भीर प्रवृति का मामिला हरुले मीडीयामा स्थान नपाउनु राजनीति सित सम्बन्धित झीना मसिना कुराले पनि प्रमुखता पाउनु मा 'जसको भेँटी-उसको पूजा' भन्ने मानसिकता बाट मीडीया ग्रसित देखीन्छ 
          जबकि दोषी हरु पक्राउ नपरुन्जेल प्रशासन माथि लगातार दवाव बनाई रहने कर्तव्य मीडीया को हो जसबाट उनी हरु प्रायः पन्छीने गर्छन समाधान तिर- हामी प्रजातँत्र का पक्षधर हरु बिभेद का कुरा गर्छौँ, समानता को कुरा गर्छौँ, मानवअधिकार का कुरा गर्छौँ तर आत्मा लाई साक्षी राखेर आफैलाई सोध्ने बेला आएन कि हामी सबै कुरा महिलालाई सहर्ष दिन पनि चाहन्छौँ ? के महिला हरु मानव हैनन ? उनी हरुलाई कानून ले, सँविधान ले दिएको आत्म सम्मान साथ, निर्भय भएर बाँच्ने अधिकार सम्म छैन ? , भने किन छन ' शहर देखी गाँ सम्मका महिला हरु असुरक्षित ? मात्र सेमीनार, गोष्ठी मा ठुला ठुला कुरा गरेर महिला हरुको यथास्थिति सुध्रीने बाला छैन महिला हरुको स्थिती सुधार्नु भने निम्न उपाय अवलम्बन गरीनु पर्छ - कानून ले आफ्नो काम ईमान्दारी साथ गर्नु पर्छ -समाज अगाड़ी आउनु पर्छ, समाज ले नारी सम्मान लाई आफ्नो सम्मान सम्झीनु पर्छ, अहिले कहीँ बाटो-यातायात-सार्वजनिक ठाउँमा भीडभाड भएको ईलाका मा समेत महिला बिरुद्ध अशोभनिय हर्कत हुँदा भीड़ रमिते बनेर हेर्ने गर्छ यस मानसिकता लाई बदलिनु पर्छ -खास गरी किशोरावस्था का छोरा हरुलाई हरेक परिवारले नैतिकता को पाठ गम्भीरतापूर्वक पढाउनु पर्छ, भोली कसैले तिम्रो दीदी-बहीनी सित अशोभनिय व्यवहार गरे तिमीहरुलाई कस्तो लाग्ला ? यो कुरो अभिभावकले आफ्ना बढदो उमेर को छोरालाई सम्झाउन जरुरी -महिला मैत्री सार्वजनिक यातायातका साधन हरु क्रमशः हरेक शहरमा हुनु जरुरी -हरेक प्रहरी कार्यालयमा महिला प्रहरीले नै महिला हिँसा सम्बन्धी मामिलामा पिड़ित महिलाको बयान लिने व्यवस्था हुनु पर्छब -महिला हिँसा कम गर्न को निम्ति महिला हरुले आय आर्जन को योग्यता-शिप अनुसार को अवसर पाउनु पर्छ -शिक्षा को समान अवसर परिवारले दिनु पर्छ - महिला अधिकारकर्मी हरु ले आफ्नो कार्यक्षेत्र मात्र काठमान्डौ मा सिमित राख्न हुन्न सहित का अन्य उपाय हरु अवलम्बन गर्नाले महिला हिँसा मा कमी आउने तथा महिला हरु आत्म सम्मान का साथ बाँच्न पाउने वातावरण बन्न सक्ने सम्भावना बढेर जान्छ मानव जीवनलाई सफलता साथ व्यतित गर्न नारी पुरुष दूबै को समान योगदान हुन्छ भन्नेमा दूई मत नभएको सत्यलाई समाज ले हार्दिकता साथ स्विकार गरी बर्षमा एक दिन मात्र 'नारी दिवस' मानउने जिम्मेबारी पूर्ण गरेको भावना लाई त्यागेर सहअस्तित्व को भावनालाई उच्च प्राथमिकता दिई हरेक दिन नै महिला हरुको निम्ति 'नारी दिवस' सरह होस...यस्तो वातावरण बनाउने जिम्मा अरु कसैको होईन..ईनै महिला ले महिना गर्भ मा बोकेको, अनेकन दुख कष्ट सहेर हुर्काएको छोरा हरुको हो...सबै पुरष वर्गले बुझ्न अत्यावश्यक
  ~  संजिता कर्ण