"सन् २००६ मा "Say, No Thank You to Donors " भन्ने लेख को सेरोफेरो |"
"सकिन्छ भने शिप सिकाउने ठुल ठुला तालीम केन्द्र देश को विभिन्न भाग मा खोल्न अनि सिक्ने प्रबिधी हस्तान्तरण मा सहयोग गर्ने. "
"सकिन्छ भने शिप सिकाउने ठुल ठुला तालीम केन्द्र देश को विभिन्न भाग मा खोल्न अनि सिक्ने प्रबिधी हस्तान्तरण मा सहयोग गर्ने. "
मैले एस कारण दाता को सहयोग गैर सरकारी संस्था भन्दा सरकार मै जानु पर्छ भनेको:
१) गै.स.स को काम पारदर्शी त होला तर खर्चिलो हुन्छ. बिदेशी विज्ञ अनि स्थानिय कर्मचारी को तलब/भत्ता, ठुल ठुला गाडी, विदेश भ्रमण आदी ले गै. स. स को बजेट को ठुलै भाग ओगटी दिन्छ जुन सिधै जनता मा जान सक्थ्यो.
२) हामि कति सम्म अनि कहिले सम्म पर निर्भर हुने? स्कुल को छानो टाल्ने देखि, टेन्ट बाध्ने, टोइलेट बनाउने अनि फर्स्ट एड को काम सम्म पनि बिदेशी को सहयोग लिने हो भने हामि सधै अरु माथि डीपेण्डेण्ट हुन्छौ जस्तो लाग्छ र भै पनि राख्या छ. दान मा आको चर्पी मा अन्न भण्डारण गर्ने भकारी अनि गाइबस्तु राख्ने गोठ भाको पनि आफैले देख्या हो.
३) कन्सल्ट्याण्ट हरु को कति भर गर्ने अब ? ५० बर्स त हुन लागि सक्यो हामीले दाता को रकम अनि उनकै परामर्श दाता भित्राएको , कुनै मटेरियल परिवर्तन आएको जस्तो लाग्दैन. तेतीका समय, पैसा अनि स्रोत नेपालि ले नै परिचालन गरेको भए हामि धेरै कुरा मा अरुको मुख ताक्नु पर्थ्यो जस्तो लाग्दैन अनि नत हाम्रा युवा हरु बिदेसिन्थे होला. सहयोग थाप्दा थाप्दा आफै मिहिनेत गर्ने बानि हराईसक्यो. मुख मै आएर कोचाई कोच्चाई ख्वाए पछि बाघ ले किन शिकार गर्ने जमर्को गर्छ ?
४) सरकारी अनुगमन बिना दाता सिधै जनता मा पुग्दा राज्यको उपस्थीती नै छैन जस्तो हुन्छ अनि दाता ले पनि आफ्नो स्वार्थ अनुरुप काम गर्न थाल्छन.
५) अफ़िका नै हेरम न - बिगत ५०-६० बर्स मा अफ्रिका मा कति ट्रिलियन डलर ओइरियो. धेरै डलर बिदेशी विज्ञ ले नै पारिश्रमीक को रुप मा फिर्ता लगे, बचेको अफ्रिकी नेता अनि कर्मचारी ले स्वीस बैंक मा जमा गरे.
६) हाईटि को पनि कुरा आई राख्याछ कसरि बिदेशी सहयोग को दुरुपयोग भयो भनेर.
७) येस्तै क्राईसिस को बेला मा हामि झन् सजग हुनु पर्छ जस्तो लाग्छ. मौका छोपेर स्वार्थ सिद्द गर्ने हरु दाता को खोल मा NGO/INGO बुई चढेर आउञ्छन. सबै दाता नराम्रो भन्या होइन र सबै राम्रै छ भन्ने पनि छैन. पायो भन्दै मा सबै सहयोग लिनु पर्छ जस्तो चाहिं लाग्दैन. आफ्नो क्षमता बाहिर को मात्र लिंदा राम्रो हुन्छ कि.
८) सहयोग लिनु पर्छ अनि सहयोगी हात हरु लाई सलाम पनि गर्नु पर्छ - तर आफुले सक्ने काम आफै गर्दा अलि राम्रो हुन्छ कि भनेको मात्र हु.
९) ठुला ठुला आधारभूत आवसक्त्या का परियोजना जस्तै राजमार्ग, हाईड्रो को बिकास, ऐरपोर्ट, टनेल मार्ग आदी हाम्लाई गाह्रो होला - येस्ता परियोजना हरु मा सहयोग/सफ्ट लोन लिंदा रास्ट्र लाई राम्रै हुन्छ.
१०) अहिलॆ दाता ले गर्न सक्ने सहयोग भनेको मेरो बिचार मा:
* नेपालि बस्तु को इम्पोर्ट मा सुन्य भन्सार दर
* हाम्रा उधमी हरु लाई उन्नत खालको टेक्नोलोजी हस्तान्तरण जसले गर्दा हाम्रो उत्पादन (हस्तकला लगायत) बिस्व बजार मा डीमाण्ड होस्.
* पर्यटन्, उध्योग अनि हाइड्रो मा दुवै पक्ष लाई फाईदा हुने तरिका ले लगानी गर्ने
* नेपालि कृषक लाई आधुनीक कृषि प्रणाली को ज्ञान दिने र उब्जनी उनको देश मा बिक्री गर्ने सयन्त्र बनाईदिने.
* आफ्नो देश मा नेपालि बस्तु खरीद/खपत को लागि तेहान्का जनता लाई प्रेरित गर्ने/ नेपालि बस्तु को उचित प्रसार/प्रचार मा सहयोग गर्ने
* दाता रास्ट्र ले नेपाल घुम्न जान को लागि कसरि हुन्छ आफ्नो जनता लाई प्रेरित गर्ने - कर छुट अरु इन्सेंतिब के हुन्छ त्यो दिने
* आफ्नो देश का ठुला ठुला संस्था, कर्पोरेट हरु लाई कन्फरेन्स/मीटींग (MICE ) नेपाल मा गर्न प्रेरित गर्ने
* सकिन्छ भने शिप सिकाउने ठुल ठुला तालीम केन्द्र देश को विभिन्न भाग मा खोल्न अनि सिक्ने प्रबिधी हस्तान्तरण मा सहयोग गर्ने.
* हस्तक्षेप भयो भन्लान भनोस बरु सरकार लाई स्थानीय चुनाब गर्न प्रेसर/प्रेरित गर्ने. हाम्ले भन्दा नेता ले मान्दैनन, के गर्ने त्? स्थानिय निकाय हुँदो होत उद्दार, राहत अनि पूर्ण निर्माण को काम कमसेकम अहिले को भन्दा सहज त् हुन्थ्यो कि ?
~ संजिता कर्ण



No comments:
Post a Comment