हामीले दिएको २ किलो चामलले कसैको जीवनभरको भोक मेट्दैन,तर उसमा बाँच्ने आशा अनि साहस पलाउँछ। हामीले थप्थपाएको हातले कसैको जीवन ठड़ीदैन तर उस भित्र गुम्नै लागेको आँटलाई फेरी व्यूँताउँछ र उ आफै फेरी बिपरित परिस्थीति बिरुद्ध ठड़ीने अठोट गर्दछ lयतिबेला अर्थोक यदि हामी दिने स्थितिमा छैनौं भने..हाम्रा वरीपरी भएका पीड़ितलाई आफ्नो स्तर ले साहस बाँडौं, आत्मबिश्वास जगाई राख्न मदद गरौँ ..., हाम्रो मायाँ करुणा ले भरीएको व्यवहारले दूखेको र टूटेको मनको घाउमा मलहम लाउने काम गर्छ l
असँख्य दाजु भाई दीदी बहीनी स-साना नानी हरु अहिले पर्खाई मा छन..हाम्रो.त्यस न्यानो मायाँ को, बिश्वास को जसले उनी हरुमा साहस को सँचार गरोस l
जीवन भर उठी रहन,सँघर्ष गर्न प्रेरित गरी रहोस...!
हामी सचेत मानिस हरु कमसेकम सँयमता अपनाई एक अर्का लाई मानविय व्यवहार गरौँ एक अर्का को आँसू पुछ्ने काम गरौँ...नचाँहिदों आगो सल्काउने काम हामी बाट नहोस...यति बुद्धी हामीमा पलाओस !

No comments:
Post a Comment