Monday, September 29, 2014

महान सरल त्यागी र इमान्दार नेता स्व. बोगटी |

निर्धन परिवारमा जन्मे हुर्केका स्व नेता पोष्ट बोगटी जनताको मुक्तिका लागि क्रान्तिमा लागे, पढाइतिर लागेनन् उनी ८ कक्षासम्म पढेका थिए, भएको शिक्षक जागिर त्यागे, भएको घरजग्गा समाजलाइ दानदिए, पूरै परिवारलाइ क्रान्तिमा होमे, जनयुद्धमा एकमात्र छोरालाइ गुमाए, २ छोरीमध्ये एकजना छोरीलाइ प्रचण्डको छोरासित विवाह गराए तर त्यो विवाह लामो समय सफल हुनसकेन र पारपाचुके भयो, अहिले उनको पत्नी विधुवा भएकी छिन्, छोरीले पुनः सामान्य केटासंग पुनः विवाह गरेकी छिन् । अर्की छोरी जिवनमा संघर्ष गर्दैछिन् जब की बोगटी एमाओवादीका इमान्दार सरल निश्कलंक ठुला नेता थिए, २ चोटी मन्त्री पनि भए, संसदमा दलको प्रमूख सचेतक पनि भएका थिए । उनको मृत्युले पनि उनी सादा भएको प्रमाणित गर्छ । नत्र पखाला चलेको नेपालका नेता पनि ब्यांकक, सिंगापुर, अमेरिका, नभए दिल्ली त गएकै हुन् । उनलाइ ब्लडप्रेसर थियो केही दिनदेखि सरिर अलि संन्चो पनि थिएन तर सामान्य नेपाली जनता जस्तै वेवास्था गरेकाले हिजो मुटु र मष्तिष्कमा एकैचोटी आघात भएर मृत्युवरण गर्न पुगे ।
यस्ता नेता नेपालमा विरलै पाइन्छ । यस्ता नेतालाइ जति सम्मान दिए पनि कम हुन्छ । हामीले जहिले पनि नेपालमा आडम्बरी पाखण्डी भए भनेर नेताहरुलाइ गालि गरिरहेका हुन्छौं । यस्तोमा यस्ता महान सरल त्यागी र इमान्दार नेता स्व बोगटी नेपालीले देख्न पाउनु नेपालीको गौरब हो ।

No comments:

Post a Comment