Monday, September 29, 2014

जापानमा भारतका प्रम नरेन्द्र मोदीले भने -"भारत वुद्धभूमि हो तर वुद्ध जन्मेको स्थान नेपाल हो" |

भारतका प्रम नरेन्द्र मोदीले जापानमा भारत वुद्धभूमि हो मात्र के भनेका थिए यहांका केही मूर्खहरूले यसको विरोध गरेर अरूलाई मूर्ख बनाउने वाहियात काम गर्न थालिहाले । वुद्धको जन्म नेपाल हो भनेर देखाएकै भारतका सम्राट अशोकले हो । अशोकले बुद्धधर्म नपअनाएका भए सायद भारत र नेपालमा बुद्धधर्म के हो भनेर विउ बाँकी रहने थिएन । अनि राजा अंशुवर्माले वुद्धधर्मलाई नेपाल भित्र्याएका हुन् ।छोरी भृकुटीलाइ भोटका राजा स्रंगचंग गम्पोलाइ दिएर तिब्बतमा बुद्धधर्म फैलाए । नत्र वुद्ध को हुन् हामीलाई कहिले थाहै हुने थिएन, न कुनै मतलब हामीलाइ थियो । वुद्धलाई न नेपालले, न भारतले अंगिकार गरेको हो । बुद्धधर्म यस भेकबाट धपाइयो र अहिले पूर्वीएशिया र श्रीलंकालगायतले ठूलो महत्व दिएकाले वुद्धको यता पुनः खोजि भएको हो । र वुद्धका कारण विश्वमा हामीले आफ्नो पहिचान पाउन सफल भएका छौं । वुद्ध विश्वका हुन् महान आत्मा कुनै भूगोलमा सिमीत हुदैनन् । स्वार्थबस् हामीले सीमाना वनाउन खोजेका मात्र हुन्छौं ।

No comments:

Post a Comment